आदरणीय अध्यक्षज्यू, प्रबन्धकज्यू तथा सम्पूर्ण सहकारी परिवारलाई हार्दिक नमस्कार
सहकारी संस्था भन्नासाथ एउटै भावना आउँछ. विश्वास, आपसी सहयोग, सदस्यको मेहनत, र समुदायको साझा भविष्य. हाम्रा गाउँदेखि शहरसम्म सहकारीले धैरै घरधुरीको आधार बनेको छ. बचत, ऋण, शेयर, आपतकालीन सहयोग, सदस्य सेवा. यी सबैलाई पारदर्शिता, विश्वसनीयता र निरन्तरता चाहिन्छ.
यही कारणले Prime IT Sewa लाई सहकारी क्षेत्र हृदयदेखि नै नजिक लाग्छ. किनकि हाम्रो काम डिजिटल मात्र होइन, हामी बुझ्छौं सहकारीको भित्री आत्मा कस्तो हुन्छ.
Prime IT Sewa बारेमा
Prime IT Sewa 2018 देखि नै उच्च गुणस्तरका डिजिटल सेवा, वेब डिजाइन, माइक्रोफाइनान्स, सहकारी समाधान, र व्यवसाय टेक कन्सल्टिङ प्रदान गर्दै आएको पेशेवर टिम हो.
हाम्रो टिममा 10 वर्षभन्दा बढी अनुभव भएका विशेषज्ञहरू छन्. हामीले नेपालभरीका सहकारी, माइक्रोफाइनान्स, र विभिन्न क्षेत्रका कम्पनीसँग मिलेर काम गरिसकेका छौं.
हामी केवल वेबसाइट बनाउँदैनौं. हामी व्यवसाय सम्झन्छौं.
सहकारी र Prime IT Sewa को सम्बन्ध
सहकारी चलाउनु भनेको केवल लेनदेन गर्नु होइन.
यो विश्वासको व्यवस्थापन हो.
यो सदस्यको अपेक्षालाई पुरा गर्ने जिम्मेवारी हो.
यो प्रत्येक रकम र प्रत्येक सूचनालाई पारदर्शी र सुरक्षित राख्ने संस्कार हो.
ठ्याक्कै यिनै मूल्य र संस्कार Prime IT Sewa ले पनि पछ्याउँदै आएको छ.
त्यसैले सहकारीसँग काम गर्दा हामी आफूलाई बाहिरको ठेकेदार सम्झँदैनौं.
हामी तपाईंको आन्तरिक टोलीजस्तै महसुस गर्छौं.
हामीले धेरै सहकारीसँग काम गर्दा बुझ्यौं
• सहकारीलाई निरन्तर समर्थन चाहिन्छ
• काम अगाडि बढाउन तत्काल प्रतिक्रिया चाहिन्छ
• वेबसाइटले सदस्यको विश्वास बढाउनुपर्छ
• प्राविधिक मान्छे खोज्दै हिँड्नु नपरोस्
• र भविष्यमा समस्या आयो भने समाधान पाउने टोली तत्काल उपलब्ध होस्
यही कारण Prime IT Sewa सहकारीको पहिलो रोजाइ बन्न सक्छ.
कसैले वेबसाइट बनाइदिन सक्छ. तर सहकारी कसरी चल्छ, सदस्यलाई के चाहिन्छ, अनि डिजिटल दिमाग र सहकारी मन कसरी जोडिन्छ, त्यो हामी बुझ्छौं.
हामी किन फरक छौं
नेपालमा धेरै कम्पनीहरूले वेबसाइट बनाउँछन्.
तर सहकारीका लागि वेबसाइट भनेको केवल फेसन होइन,
यो दैनिकी संचालनको डिजिटल आधार हो.
यो सदस्यको भरोसा बढाउने एकमात्र डिजिटल ढोका हो.
Prime IT Sewa सहकारीको वेबसाइट यसरी बनाउँछ
• राम्रो देखिने मात्र होइन
• सहकारी सञ्चालनमै उपयोगी हुने
• सदस्य सेवा सजिलो बनाउने
• भविष्यका सिस्टमसँग जोड्न मिल्ने
• सुरक्षित, छिटो र मोबाइलमै चल्ने
• व्यावसायिक, पारदर्शी, र सहज
हामी सस्तो नभएर सही मूल्यमा काम गर्छौं.
हामी धेरै ग्राहक लिदैनौं.
जति लिन्छौं त्यति नै गुणस्तरमैत्री काम गर्छौं.
सहकारीमा हरेक जानकारीको संवेदनशीलता बुझेर काम गर्छौं.
हामीसँग काम गर्दा तपाईंलाई
• आफ्नो छुट्टै आईटी डिपार्टमेन्ट भएको अनुभव हुन्छ
• व्यवस्थापन गर्नु पर्दैन
• समस्या आयो भने तुरुन्त उपलब्ध विशेषज्ञ भेटिन्छ
• दीर्घकालीन सहकार्य बन्ने वातावरण तयार हुन्छ
नेपालमै यस्तो काम संस्कृतिमा मूल्य राख्ने कम्पनी छैनन्.
यही कारण Prime IT Sewa तपाईंको सहकारीका लागि उत्कृष्ट विकल्प बन्न सक्छ.
वेब डिजाइन सुरु गर्नु अघि हामी गर्ने तयारी
सहकारी वेबसाइट बनाउनु भनेको साधारण काम होइन.
त्यसैले सुरु गर्नु अघि हामी यी कुराहरू गर्छौं.
तपाईंको सहकारी पूर्ण रूपमा बुझ्ने
तपाईंको सेवा प्रकार, सदस्यको व्यवहार, र लक्ष्य.
आवश्यकता सूची तयार गर्ने
कुन सेवाहरू वेबसाइटमा रहने
कुन सुविधाले सहकारीलाई डिजिटल रूपमै बलियो बनाउने.
मैत्रीपूर्ण भर्चुअल मिटिङ
Google Meet मार्फत सहज रूपमा छलफल.
कुनै एप डाउनलोड आवश्यक छैन.
केवल लिंक क्लिक गरेपछि सीधा बैठकमा सहभागी हुन सकिन्छ.
उचित मूल्य प्रस्ताव
तपाईंको माग अनुसार मूल्य निर्धारण.
बजारमा पाइने भन्दा बढी पारदर्शी र समझदारीपूर्ण.
हामी दुबैको लागि आवश्यक पहिलो कदम
अब तपाईंको सहकारीको लागि सही वेबसाइट, र दीर्घकालीन डिजिटल योजना बनाउन
सबैभन्दा पहला र मुख्य कुरा भनेको
दुबै पक्षले एकअर्कालाई स्पष्ट रूपमा बुझ्ने हो।
सहकारीको काम, प्रक्रिया, सदस्यको सेवा, हार्डवर्क, र दैनिकी हामीले जान्नुपर्छ।
र तपाईंले पनि Prime IT Sewa कसरी काम गर्छ, कसरी बुझेर डिजाइन गर्छ,
कसरी समस्या बिना support दिन्छ
त्यो महसुस गर्नुपर्छ।
यसकै लागि हाम्रो पहिलो चरण
छोटो भर्चुअल बैठक
जसले भविष्यको सम्पूर्ण यात्रा सहज बनाइदिन्छ।
यस meeting मा
• तपाईंको सहकारीबारे सुनिन्छ
• कुन सुविधा उपयुक्त हो भनेर मार्गदर्शन हुन्छ
• वेबसाइटले कसरी सदस्य सेवा सहज बनाउँछ भन्ने कुरामा clarity आउँछ
• र दुवै पक्षले काम अगाडि बढाउने कि नबढाउने निर्णय गर्न सजिलो हुन्छ
यो meeting decision pressurizing होइन
दुवै पक्षलाई सही निर्णयमा पुर्याउने प्रक्रिया हो।
अब गर्ने काम: भर्चुअल मिटिङ बुक गर्ने
हाम्रो meeting booking प्रक्रिया एकदमै सरल,
सहकारीका कुनै पनि मान्छेले सहजै गर्न मिल्ने,
र झन्झटविहीन छ।
तपाईंको सहकारीलाई मिल्ने उपयुक्त समय छान्नुहोस्।
नाम, इमेल, फोन नम्बर.
यसले meeting तयार गर्न मद्दत गर्छ।
कुनै एप डाउनलोड गर्नु पर्दैन.
फेसबुक, Viber, Zoom जस्तो झन्झट छैन.
Browser खोलेर इमेलको link क्लिक गर्दा नै meeting खुल्छ।
यो बैठक किन तपाईंको सहकारीका लागि महत्वपूर्ण?
कारण सरल छ
कुनै पनि सहकारीको लागि सही वेबसाइट खोज्नु भनेको केवल काम गराइदिनु होइन, भविष्य सुरक्षित बनाउनु हो।
हामी meeting मा
• तपाईंको उद्देश्य बुझ्छौं
• सहकारीको प्रकृति अनुसार सम्भावित best solution देखाउँछौं
• वेबसाइटले सदस्य सेवा, विश्वास, पारदर्शिता, digital branding कसरी बढाउँछ भन्ने स्पष्ट बनाउँछौं
• अनि आवश्यक परे मूल्य प्रस्ताव पनि meeting पछि नै तयार हुन्छ
किनकि मूल्य अनुमान हैन, आवश्यकता अनुसार propose हुन्छ।
सहकारीलाई सहज महसुस गराउने,
support को अनुभूति दिने,
business logic बुझेर digital समाधान बनाउने
यही हाम्रो काम गर्ने शैली हो।
धन्यवाद
Tom GC
CEO, Prime IT Sewa